Rashtriya Dainik

अत्याधिक गर्मीले शैक्षिक गतिविधि संचालनमा असहज : सरावलमा गर्मी विदा

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ जेठ

पश्चिम नवलपरासी सहित देशभर गर्मी बढेको छ भने तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ । हाल बढि रहेको अत्याधिक गर्मीले शैक्षिक गतिविधि संचालन गर्न असहज भएको छ ।

जसले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।

भोलि १७ गते देखि जेठको २० गते सम्म चार दिनको लागि विद्यार्थिहरुलाइ गर्मी विदा गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राद्वारा हस्ताक्षरित सुचनामा तराईमा बढ्‌दो गर्मीका कारण तातो हावा चल्ने, लु-लाग्ने जस्ता कारणले बालबालिकाहरुको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न गई पठनपाठनमा बाधा पर्ने देखिएकोले यस गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा मिति २०८१।०२।१७ देखि २०८१।०२।२० गतेसम्म वर्षे बिदाबाट कट्टी हुने गरि गर्मी बिदा दिइएको उल्लेख गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित