काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर (ग्रीन ट्याक्स)लगाउने भएको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता अनुसार हरित कर लगाइने बताएका हुन् ।
कर प्रणाली सुधारका लागि गठित समितिले हरित कर लगाउन सुझाव दिएको थियो । सोही सुझावका आधारमा सरकारले पहिलो पटक हरित कर लगाउने तयारी गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

