Rashtriya Dainik

बियरको मूल्य बढ्यो, आजैबाट लागु हुने

काठमाडौं । सरकारले बियरको मूल्य बढाएको छ ।

पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरको मूल्य पाँच रूपैयाँले बढाएको छ । यस्तै १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वियरको मूल्य प्रतिलिटर १९ रुपैयाँसम्म मूल्य बढाएको छ ।

यो मूल्य आजबाट नै लागु हुनेछ । १२ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ ।

त्यस्तै, ३९.९४ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्य बियरको मूल्य भने ६० रुपैयाँसम्म मूल्य बढेको बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित