Rashtriya Dainik

कपिलवस्तु विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति

कपिलवस्तु ,१५ जेठ

कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ ।

सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ ।

हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो ।

सोमवार बिहान हावाहुरीले क्षति पु¥याएको घरमा पुग्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्काल बस्नको लागि आवश्यक व्यवस्था मिलाइने बताए । क्षतिको विवरण तयार भए पश्चात् पालिकाले आवश्यक सहयोग गर्ने थापाले आश्वासन दिएका छन् 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित