नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको जिम्मेवारी हेरफेर गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच प्रदेशस्तरीय एकता अधिबेशन पछि जिल्लाको जिम्मेवारी समेत केही हेरफेर गरिएको हो ।
जेठ ९ र १० गते भएको प्रदेशको अधिबेशन दाङको घोराहीमा भएको थियो । लगतै बसेको प्रदेश समितिको बैठकले जिल्लाको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गर्ने जिम्मा सहित पार्टीका केन्द्रीय सदस्य रवि पाण्डेयलाई जिल्ला संयोजकमा पुनः दोहो¥याएको छ ।
त्यस्तै सहसंयोजकमा गणेश बहादुर ढकाल र भीम छन्त्याललाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ । पार्टीको जिल्ला ईन्चार्जमा भने केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीलाई नै जिम्मा तोकिएको छ ।
पार्टीको जिल्लास्तरको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक यही जेठ १८ गते हुने सो पार्टीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

