Rashtriya Dainik

गोल्डेन भिजा र पिआरओ राख्नेलाई छानबिन हुनुपर्छ : नेता त्रिपाठी

राष्ट्रिय दैनिक/ नवलपरासी ,१४ जेठ

जनता प्रगतिशिल पार्टी नेपालका केन्द्रिय अध्यक्ष हर्देश त्रिपाठीले विदेशमा भैरहेको पुँजी पलायन रोक्न सरकार चिन्ति बन्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपालका पुँजीपति धनाढ्य व्यपारीहरुले नेपाली पुँजीलाई विदेशमा लगि नेपालको अर्थतन्त्र धारासायी बनाउने खेललाई समयमै सरकारले रोक्नु पर्ने माग राख्नु भयो ।

आईतबार नवलपरासीको सदरमुकाम परासीमा जनता प्रगतिशिल पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय अध्यक्ष नेता हृदेश त्रिपाठीले बताए अनुसार नेपालका धनाढ्य व्यपारीहरु विभिन्न लगानीको नाममा यहाँका पुजी विदेशमा लगि सुरक्षित गरिरहेको बारे चिन्ता व्यक्त गर्दै यसले नेपालको अर्थतन्त्रलाई धारासायी बनाई रहेको छ ।

त्यस्तै गैरकानुनी रूपमा तेस्रो मुलुक हुँदै नेपालमा आउने कालो धन ( मनि लन्डरिङ ) हुण्डी,कारोबार व्यापक रूपमा लिँदै नेपाल र भारतको सम्बन्ध बिगार्ने सम्भावना देखिएको त्रिपाठीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित