Rashtriya Dainik

नवलपरासीमा भालुको आक्रमणबाट एक जना घाइते

उमेश बि.क / नवलपरासी ,१३ जेठ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ संसारकोटमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छिन् ।

घाइते हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर २ संसारकोट बस्ने ओम बहादुर खाम्चाको श्रीमति बर्ष २५ की खिममाया खाम्चा रहेकी जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको हाे।

घर भन्दा २ किलोमिटर पुर्व जङ्गलमा निउरो टिप्न जाँदा १:३० बजे भालुले आक्रमण गरेर घाइते बनाएको थियो ।

भालुको आक्रमणबाट उनको अनुहारमा गहिरो चोट लागेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभएको हाे।

भालुको आक्रमणबाट घाइते भएकी महिलाको उपचारको लागी चिसापानी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको थियो । हाल खाम्चाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित