Rashtriya Dainik

सरावलमा निशुल्क बृहत बिशेषज्ञ स्वास्थ्य शिबर सम्पन्न ,३०९ जना लिए सेवा

उमेश बि.क / नवलपरासी ,१३ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा निशुल्क बृहत बिशेषज्ञ स्वास्थ्य शिबर सम्पन्न भएको छ।

सरावल गाउँपालिकामा शनिबार भएको निशुल्क बृहत बिशेषज्ञ स्वास्थ्य शिबरमा ३०९ जना स्थानीयले सेवा लिएका हुन ।


पृथ्वीचन्द्र अस्पताल परासी र सरावल गाउँपालिकाकाे सहकार्यमा भएको शिबिरमा ११२ जनाले जनरल सेवा , ५३ जनाकाे स्त्रीरोग , १३ बालराेग, दन्त खान मुख ८४ जना र ४७ जना हाडजोर्नी समस्या भएको बिरामी चेकजाँच गराएको सरावल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटाले जानकारी दिनुभयाे।

चेकजाँच र अप्रेसन गरिएको बिरामीहरूलाई निशुल्क औषधी वितरण समेत गरिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयाे।

स्वास्थ्य शिबर अनुगमन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पालिकाभित्रका स्थानीय बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै निशुल्क बृहत बिशेषज्ञ स्वास्थ्य शिबर सञ्चालन गरिएको बताउनुभयो। गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सुरुवात कालदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै अध्यक्ष चाैधरीले रोग लागेर सहयोग गर्नुको साटो पालिकाबासीलाई रोगै लाग्न नदिने गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले गाउँपालिका सबै वडालाई समेट्ने गरी पटक पटक विभिन्न शिविर र निशुल्क चेकजाँच कार्यक्रम हुदैन आएको बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ताले जनताकाे स्वास्थ्यप्रति वडा र पालिका गम्भीर रहेको बताउनुभयो ।

शिविरमा पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण पाण्डे ,अर्थोपेडिक सर्जन सुदर्शन पाण्डे ,स्त्री रोग डा. अजेन्द्र यादव , ईएनटी डा.सराेज काफ्ले , बालरोग डा. राेशन पौडेल , डेन्टिस्ट डा पुजा अर्याल , जनरल फिजिशियन डा नरेन्द्र यादव लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

आफ्नै पालिकामा सञ्चालन भएको निशुल्क शिविरमा स्वास्थ्य परिक्षण गर्न पाउँदा स्थानीय खुशी ब्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित