Rashtriya Dainik

नवलपरासी फोटोग्राफर संघद्वारा २ दिने वेशिक तथा एड्भान्स फोटोग्राफर तालिम सम्पन्न

नवलपरासी ,१२ जेठ

नवलपरासी फोटोग्राफर संघमा आबद्ध रहेका फोटोग्राफरहरुका लागी २ दिने वेशिक तथा एड्भान्स लेभलको फोटोग्राफर तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपरासी फोटोग्राफर संघकाे आयाेजनामा सनुवल १२ भूमहीमा रहेको नेचर रे रिसोर्टमा तालिम सञ्चालन गरिएको हो ।

ज्येष्ठ ११ गते गण्डकी फोटोग्राफर संघ तथा नवलपरासी फोटोग्राफर संघबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

संस्थाको सदस्य टेकराज (राज) भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले भारतिय सिमामा रहेर काम गर्नुपर्दा आफुहरुलाई परेको समस्या, दररेटमा एकरुपता नरहेको लगायतका विभिन्न समस्याहरु राख्नुभएको थियो । गण्डकी फोटोग्राफर संघका तर्फबाट बोल्ने वक्ताहरुले उक्त समस्याहरुको समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


त्यस्तै उक्त कार्यक्रम लगत्तै संस्थाका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा वेशिक तथा एड्भान्स फोटोग्राफी तालिम सुरु गरिएको थियो । संस्थाको निवर्तमान अध्यक्ष चेत नारायण पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संस्थाको महासचिव यज्ञमुर्ति (शिव) भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षकका रुपमा बुटवलमा रहेको ग्यालेक्सी फोटो स्टुडियोका सञ्चालक मोहन महतो रहनुभएको थियो । तालिममा फोटोका विभिन्न सैद्धान्तिक ज्ञानहरुका साथै प्रयोगात्मक ज्ञानहरुपनि दिइएको थियो । तालिमले फोटोग्राफहरुलाई अहिलेको नयाँ प्रविधीहरुमा अद्यावधिक हुन सहयोग गर्ने र कार्यदक्षता बढ्ने विश्वास रहेको संस्थाका अध्यक्ष प्रेम प्रसाद गौतमले बताउनुभयो ।


त्यस्तै संस्थाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनको विरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्ने अभियानलाई सहयोग गर्ने हेतुले वहाँलाई सम्मान गर्दै पुस्तक खरिद गरि आर्थिक सहयोग पनि गरेको छ ।
कार्यक्रममा उपस्थित डा. महाविर पुनले कार्यक्रमको सफलताको कामना गर्दै फोटोग्राफरहरुको उज्ज्वल भविष्यको कामना पनि गर्नुभएको थियो ।


तालिममा जिल्लाभर रहेका विभिन्न फोटो स्टुडियो सञ्चालन गर्दै आएका ५० जना फोटोग्राफरहरुको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित