Rashtriya Dainik

नेपाल प्रेस युनियन नवलपरासीद्वारा रामग्राम स्तुप परिसरमा सरसफाइ

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ जेठ

भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप परिसरमा सरसफाइ गरिएको छ ।

नेपाल प्रेस युनियनको ‘३३ औं स्थापना दिवस’ काे अवसरमा नेपाल प्रेस युनियन नवलपरासीको आयाेजनामा बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप परिसरमा सरसफाइ गरिएको हाे।

हरेक वर्ष झै यस वर्ष पनि नेपाल प्रेस युनियनको स्थापना दिवस विविध कार्यक्रम गरि धुमधामका साथ मनाइ रहेको नेपाल प्रेस युनियन नवलपरासीको अध्यक्ष उमेश बि.क ले बताउनुभयो । युनियनले भाेलि जेठ १३ गते स्थापना दिवसको अवसरमा परासीमा अवस्थित पृथ्वीचन्द्र अस्पतालमा फलफुल वितरण कार्यक्रम गर्ने बताउनुभयो । अध्यक्ष बि.क ले सरसफाइ कार्यक्रमले स्वच्छ वातावरण निर्माणका निम्ति राम्रो सन्देश पुग्ने र आगामी दिनहरूमा विभिन्न रचनात्मक कार्यक्रमका निम्ति आफू सदैव तयारी रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा युनियनको पुर्व सभापति आरपि उपाध्यायले नेपाल प्रेस युनियन देशको संवाहकको भूमिका खेल्दै आएको छ, उहाँले भन्नुभयो,‘देशको हरेक गतिविधि एकदम नजिकबाट नियाल्ने र देशको हरेक परिवर्तनमा युनियनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो संगठन विशुद्ध पत्रकारहरुको संगठन हो । स्थापनाकाल देखि नै आफूले खेल्नु पर्ने भूमिका इमान्दारीपूर्वक खेलेकै कारण नेपालको पत्रकारिता जगतमा युनियनले छुट्टै पहिचान बनाउन सफल भएको छ ।’

त्यस्तै बरिस्ठ पत्रकार बृजराज कुश्वाहाले देशको सार्वभौम र अखण्डतालाई सर्वोपरि ठानेर पत्रकार र पत्रकारितालाई जोगाई राख्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानमा नै त्रुटि रहेको बताउदै युनियनका सदस्य अझै क्रियाशील भएर लाग्न सुझाव समेत दिनुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ नवलपरासीको पुर्व उपाध्यक्ष नारायण सुवेदीले लाेकतन्त्रकाे स्थापनामा पत्रकारहरुकाे ठूलाे भूमिका रहेकाे बताउँदै यसकाे रक्षा तथा संस्थागत विकासमा सबैले याेगदान गर्न आग्रह गर्नु भयाे ।

कार्यक्रममा नेपाल प्रेस युनियन नवलपरासीको उपाध्यक्ष सद्दाम हुसेन अन्सारी , सचिव अनिल यादव , सदस्य रन्जित शर्मा , बिनाेद निगम , राज चाैधरी ,गृजेश गुप्ता ,नन्दलाल कवर लगाएतकाे उपस्थिति रहेको थियोे ।

श्रमजिबि पत्रकारहरुको हकहितका लागि २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित