Rashtriya Dainik

पुर्वी नवलपरासीको विनयी त्रिवेणी स्थित गण्डक ब्यारेज नाका बिहानदेखि नै सुनसान

आरपि उपाध्याय / नवलपरासी ,१२ जेठ

पुर्वी नवलपरासीको विनयी त्रिवेणी स्थित गण्डक ब्यारेज नाका बिहानदेखि नै सुनसान भएको छ।

भारत बिहारमा छैठौं चरणको निर्वाचनलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा बनाउन सिमानाका सिल गरिएपछि मानिसको आवतजावत बन्द हुनुको साथै गण्डक ब्यारेज नाका सुनसान भएको हो।

भारत बिहारको ८ जिल्लामा ९ लोकसभा निर्वाचन हुने भएपछी उक्त निर्वाचनमा १८ लाख २४ हजार मतदाताहरुले निर्वाचनमा मतदान गर्ने बिहान पश्चिमी चम्पारण बगाहाका वरिष्ठ पत्रकार माधवेन्द्र पाण्डेले जानकारी दिएका छन।

शनिबार हुने निर्वाचन कार्यक्रम बिहान ७:१५ देखि साझ ६:१५ सम्म हुने बताइएको छ। छिमेकी राष्ट्र भारतको बिहारमा हुने निर्वाचनलाई मध्यनजर गर्दै नवलपुर जिल्लाको गण्डक ब्यारेज नाका पुर्ण ठप्प रहेको छ भने पश्चिमी नवलपरासीको सुस्ता ५ को सुस्ता टोल पनि बिहारको पश्चिमी चम्पारणसङ्ग जोडिएको हुँदा उक्त नाकालाई पनि बन्द गरिएको जानकारीमा आएको छ।

भारतीय लोकसभाको छैठौं चरणको निर्वाचन सकिए लगत्तै सिमा क्षेत्रमा आवतजावत पुर्ववत नै सञ्चालन हुने सम्बन्ध अधिकारीहरुले जानकारी दिएका छन।

भारतीय मतदाताहरु मध्ये केहि मतदाता नेपालमा काम विशेषले रहेकोमा यी मतदाताहरुलाई आफ्नो आधार कार्ड र मतदाता परिचय पत्रको आधारमा भारत जाने अनुमति पनि दिइएको सम्बन्ध स्रोतले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित