Rashtriya Dainik

पृथ्वीचन्द्र अस्पतालकाे प्रयाेगशाला भवनकाे उद्घाटन

सुरेश यादव/ नवलपरासी , जेठ ११ ।

पश्चिम नवलपरासी जिल्ला पृथ्वीचन्द्र अस्पतालकाे प्रयाेगशाला भवनकाे आज उद्घाटन भएकाे छ । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश स्वास्थ मन्त्री दिपेन्द्र कुमार पुन मगरकाे प्रमुख आतिथ्यतामा उद्घाटन भएकाे हाे ।

उद्घाटन कार्यक्रमलाई संवाेधन गर्दै मन्त्री पुनले अस्पताललाई थप सेवा सुविधा बढाउन सबै राजनीति दल तथा अस्पताल विकास समिति समेत लाग्नु पर्नेमा जाेडदिनु भयाे । अस्पतालकाे सुविधा सम्पन्न निर्माणधिन अवस्थामा रहेकाे नयाँ भवन समयमै निर्माणकार्य सकिनु पर्ने जिकिर गर्दै सेवाग्राहीलाई कुनै प्रकारकाे अबेहेलना नगरि उपचार गर्नुपर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई निर्देशन दिनुभयाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेत,लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल,जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवती प्रसाद यादव ( रुदल ),प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी,रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव,पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक,सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरी,स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थी, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट किरण पाण्डे लगायतले बाेल्नुभएकाे थियाे ।

उक्त प्रयाेगशाला अस्पताल विकास समितकाे १६ लाख,रामग्राम नगरपालिकाकाे १० लाख,बर्दघाट नगरपालिकाकाे ५ लाख,प्रतापपुर गाउँपालिकाकाे ५ लाख,श्याम अग्रवालले ७ लाख २१ हजार र सुरेन्द्र नाथ यादवले ७ लाख ११ हजारकाे लागतमा निर्माण भएकाे अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित