Rashtriya Dainik

माहामानव गौतम बुद्धको २,५४८ औं जन्मजयन्ती एक भव्य समारोह विनयी त्रिवेणी ७ सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१० जेठ

शान्तिका अग्रदुत माहामानव गौतम बुद्धको २,५४८ औं जन्मजयन्ती एक भव्य समारोहका साथ पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ मा मनाइएको छ।

ज्योती गुम्बा बौद्ध बिहार विनयी त्रिवेणी ७ शिवपुरगढीको आयोजनामा बुद्ध जयन्ती कार्यक्रम पुजापाठ,आराधना र सुत्रपाठ सहित सम्पन्न भएको हो।

ज्योती गुम्बा बौद्ध बिहारका प्रमुख लामा सिंह बहादुर थापाले भगवान बुद्धद्वारा प्रतिपादित बुद्ध धर्म सम्बन्धि सुत्रपाठ, पुजा एवं धर्मदेसना गराउनु भएको थियो।
सो अवसरमा स्थानीय खेम बहादुर राना र पदम बहादुर राना लगायतले बुद्ध ज्ञान र शिक्षाबाट सम्पुर्ण मानव जगतलाई सुखी बनाउन सकिने धारणा राख्नुभएको जानकारी प्राप्त भएको छ।
१००८ दीप प्रज्वलित गरि शाक्यमुनी बुद्धको पुजा गरिएको कार्यक्रममा विनयी त्रिवेणीको वडा न.६ र ७, सुस्ता र प्रतापपुर गाउँपालिकाबाट पनि श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो।
बुद्ध पुर्णीमाको दिन ज्योति गुम्बा बौद्ध बिहार व्यवस्थापन समितिका पदाधिकारीहरुले आगामी दिनमा परियती शिक्षा सम्बन्धि अध्ययन गर्न एक दर्जन बालबालिकाहरुलाई पठनपाठन कार्य सुरु गरिने पनि जानकारी गराएको थिए।
बुद्ध पुर्णीमाको पुर्व सन्ध्यामा हिजो बुधबार सयौं सङ्ख्याका नरनारीहरुले शान्ती रेली निकाली विनयी त्रिवेणी वडा न.६ र ७ परिक्रमा गरेका थिए भने सांयम काल दीप प्रज्वलन गरिएको पनि आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित