राजन कुमार बानिया /पर्सा ,९ जेठ
बिरगंज महानगरपालिका वडा न.१६ मा खाद्यान्न वितरण गरिएको छ।
बिरगंज महानगरपालिका वडा न.१६ स्थित समूदायिक भवनमा लघु घरेलु तथा साना उधोग प्रबर्द्धन केन्द्र त्रिपुरेश्वर तथा समृद्ध समाजको लागि युवा सशक्तीकरण बिरगंजको सन्युक्त आयोजनामा बैसिक कम्प्युटर कोर्स तालिम गर्ने ३० जना दृष्टि बिहीन भाईबहिनीहरुको लागि ४० दिने अवासिय सुबिधाको लागि उपकार सेवा नेपाल द्वारा खाद्यान्न चामल ,दाल खाने तेल ,आलु प्याज ,मसला ,नून स्वाबिन,बिस्कुट र पानी सहयोग गरेका छन।
एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्यद्वय सुमन बगेडीया र अँकुर शर्माले आयोजक संस्थाको उपाध्यक्ष दृष्टि बिहिन महेश साहलाई हस्तान्तरण गरिएको छ ।
सो कार्यक्रममा स्थानीय भद्रभलादमी तथा अन्य दृष्टिबिहिन भाईबहिनीहरुको समेतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

