राष्ट्रिय दैनिक / नवलपरासी ,१० जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा किसानहरुलाई कृषि उपकरण वितरण गरिएको छ ।
सरावल गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान पकेट कार्यक्रम अन्तर्गत कृषि समाग्री एक कार्यक्रमका बिच वितरण गरिएको हो।

जुनतारा कृषक समुहको अध्यक्ष मन्जु चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा र पालिका उपाध्यक्ष बासमति हरिजनकाे बिशिस्ट आतिथ्यतामा पालिका भित्रका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको हो ।

सरावल गाउँपालिकाका किसानहरुलाई सरावल गाउँपालिकाले कृषि आधुनिकीकरणको विकास गर्नका लागि विभिन्न सेवा सुविधा तथा कृषि सामाग्रीहरु उपलब्ध गराउदै आएको र भोलिको दिनमा पनि किसानहरुको हितका लागि काम गर्ने र आत्म निर्भर बनाउन सहयोग गर्ने पालिका अध्यक्ष चौधरीले बताउनुभयो । कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कृषि उपकरण वितरण गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई अनुदानमा कृषि उपकरण बितरण गरेको गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।

कृषि सामाग्री अन्तर्गत पम्पसेट ४ थान , सिचाइ मोटर २ थान ,सेक्सन पाइप १५० फिट ,डेलिभरी पाइप २५० किलो
,स्प्रे मेसिन २२ थान लगाएको उपकरण तथा औषधिहरु किसानहरुलाई वितरण गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

