Rashtriya Dainik

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिएका छन्। उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।

विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित