उमेश बि.क / नवलपरासी ,९ जेठ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा नयाँ सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर रोकाहालाई स्वागत गरिएको छ।
भर्खरै पाल्हिनन्दन गाउँपालिकामा सरुवा भएर आउनुभएका रोकाहालाई आज एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) , उपाध्यक्ष फातुमा खातुन अन्सारी , वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता कृष्णचन्द्र यादव र जनप्रतिनिधि एवं कर्मचारीले टीका-खादा सहितले स्वागत तथा सम्मान गर्नुभएको हो ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई पाल्हिनन्दन गाउँपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आज रोकाहा हाजिर हुनुभएको हाे ।
अधिकृत रोकाहालाई स्वागत गर्दै पालिका अध्यक्ष गुप्ताले पाल्हिनन्दनलाई राम्रो बनाउने सवालमा अहम भूमिका निर्वाह गर्न र सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनुभयो । उहाँले जनप्रतिनिधी, कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई हातेमालो गर्दै काम गर्न निर्देशन दिनुभएको हाे।
त्यस्तै उपाध्यक्ष खातुनले गाउँपालिकाको बिकासमा बिशेष तरिकाले लाग्न निर्देशन गर्नुभएको हाेे। साथै उपाध्यक्ष खातुनले कुशल कार्यशैली अपनाएर जनमैत्री सेवा प्रदान गर्न अधिकृत राेकाहालाई अनुरोध गर्नुभएको हाेे।

भर्खरै जिम्मेवारी सम्हाल्नु भएकाे प्रमुख प्रसाशकीय अधिकृत रोकाहाले स्थानीयको सहयोग र समन्वयमा पाल्हिनन्दन गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस गाउँपालिकामा कृषि क्षेत्र, पर्यटकीय क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने बताउदै गाउँसभाको नीति तथा कार्यक्रम बमोजिम पालिकाको समग्र विकासका काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने बताउनुभयो । वहाँले जनप्रतिनीधी र कर्मचारीबीच सहज वातावरण मिलाउने र कार्य सन्चालनमा जटिल चुनौती आए त पनि कहिल्यै पछि नहट्ने र सबैसँग हातेमालो गरेर कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दै स्वागत सम्मानका लागि सबैलाई धन्यवाद दिनुभएको हाे।

प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा प्रेम बहादुर रोकाहा आउनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

