काठमाडौं । आर आर क्याम्पसमा प्रजातन्त्र सेनानी एवम् भाषा निभाः प्रेमबहादुर कंसाकारको १ सय ७ औँ जन्मजयन्ती यही जेष्ठ ५ गते शनिबार मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको पुनर्बहालीमा अतुलनीय योगदानका साथै भाषा र साहित्य, संस्कृति सम्पदाको संरक्षण सम्बद्र्वनमा आफ्नो जीवन अर्पण गरेको स्मरण गरिएको थियो । जन्मजयन्ती मनाउनुको उद्वेश्य बारेमा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष प्रशान्त डंगोलले समाजसेवामा अग्रसरताका लागि यस कार्यक्रमको आयोजना गरेको जनाउँदै स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले नेपालभाषाको क्षेत्रमा महत्वपूर्ण पुस्तकहरू प्रकाशनमा जोड दिनु भयो ।

कायक्रममा अतिथि लोककवि राजभाई जःकमिले भाषा निभाः र प्रेम बहादुर कंसाकार’ नामक कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथी नेपालभाषाका साहित्यकार दिब्य ताम्राकारले भाषानिभाः प्रेम बहादुर कंसाकारले भाषा, साहित्य, सम्पदा, संस्कृति क्षेत्रमा अतुलनीय योगदान दिएको चर्चा गर्दै उनले देखाएको बाटोमा पाइला राखेमा मात्रै बास्तविक रुपमा जयन्ती मनाएको ठर्हने धारणा राखिन् ।
कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदनसेन बज्राचार्यले ‘भाषा बाँचे जाति बाँच्ने भएकाले यस बिषयमा बडो होस् पु¥याउनु पर्नेमा जोड दिदै जाति बाँचेर भाषा नबाच्ने धारणा राख्नु भयो । प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारले भाषा, साहित्य, संस्कृति व सम्पदाको सवालमा मोहित भएको क्रान्तिकारी राजनीतिक एवम् बहुआयामिक व्यक्तित्व भएको जनाउनु भयो ।
प्रेम बहादुर कंसाकारको जयन्तीलाई निरन्तरता दिएकोमा सुकुण्डा साहित्य पाःलामा सकृय भई रहेका प्रशान्त डंगोल र रिदेन महर्जनले योगदान दिर्इ रहनु भएको छ, जस्तो सुकै परिस्थितिमा पनि निरन्तरता दिदै रहनेमा आशा गरेको जनाउँदै प्रेमबहादुर कंसारकारको योगदान नेपाल सरकारले मात्र नभई नेवार समुदायले समेत भुलेकोमा खेद प्रकट गर्नु भयो । उहाँले जहाँनिय राणा शासनमा भारतको पटनामा उहाँले स्थापना गरेको च्वसा पासाः ताला मारिरहेकोप्रति ध्यानार्कषण गराए ।
कार्यक्रमका संयोजक एवम् सुकुण्डा साहित्य पाःलाःका सचिव रिदेन महर्जनले नेपालभाषा अभियान्ताहरुले क्याम्पसमा नेपालभाषा पुनः स्थापना गर्नमा धेरै संघर्ष गर्नुपरेको जनाउँदै क्याम्पसमा नेपालभाषा विद्यार्थी बढाउने पर्ने सवालमा सबैले दायित्व बहन गर्नुपर्नेमा जोड दिदैँ कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई आभारी प्रकट गरे ।

कार्यक्रमका उद्घोषले पवित्र कंसाकारले प्रजातन्त्र सेनानी प्रेम बहादुर कंसाकारको जीवनीमा आधारित गायन प्रस्तुत गरिएको थियो । सभापति नेपाली तथा नेपालभाषा विभागका प्रमुख बिष्णु ज्ञवालीले भाषा तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरु पछाडि परिरहेको धारणा राख्दै अहिले देशमा राजनीतिक उत्तरदायित्व विहिन भएकोले खराब आचरणका व्यक्तिहरू राजनीतिमा हावी हुँदा महान् व्यक्तित्वहरु छाया परेको जनाउँदै कार्यक्रम समापन गरे ।
आर आर क्याम्पसमा प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारको जन्मजयन्ती मनाइयाे
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

