संजय कुशवाहा / नवलपरासी १२ माघ पश्चिम नवलपरासीले जिल्लाको सिमा क्षेत्रबाट करीब २ लाख ३ हजार २ सय मुल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो । सरावल गाउँपालिका वडा नम्बर ७ झरहिखोला स्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको १ लाख ८१ हजार ६ सय मुल्य बराबरको थान कपडा (सुट) ३६ मिटर, थान कपडा १९६ मिटर, साडी ३० पिस, लेडिज सल १९ पिस, डोराउदै २ वटा राँगो सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको करिब २१ हजार ६ सय मुल्य बराबरको किसमिस मदिरा १८ कार्टुन सोही स्थानबाट नियन्त्रण गरेको छ । नियन्त्रणमा लिएको कपडा र मदिरा मोटरसाईकलमा राखि ओसारपसार गरेको र राँगो मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित मानिस भागेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।