आरपि उपाध्याय / नवलपरासी ,७ जेठ
इन्फिनिटी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय त्रिवेणी रानीनगरको आयोजनामा समूह गोष्ठी तथा सवत्तीय साक्षरता कार्यक्रम सोमबार शिवपुरगढीमा सम्पन्न भएको छ।
दिदीबहिनी आमा समुह त्रिवेणीकी अध्यक्ष कृष्ण कुमारी कुवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले वित्तीय अनुशासनको परिधिभित्र रहेर गरिने आर्थिक क्रियाकलापबाट सन्तोषजनक नतिजा निस्किने धारणा राख्नुभयो।
कार्यक्रममा शाखा प्रमुख गितादेवी चौधरीले कार्यक्रमको गतिविधि र उद्देश्यमाथी प्रकाश पार्दै शाखाले हालसम्म गरेको क्रियाकलापबारे जानकारी गराउनु भएको थियो।

सो अवसरमा केन्द्रिय कार्यालयका अनुगमन अधिकृत विश्वेश्वर बिष्टले कार्यक्रमबारे सहजीकरण गर्दै आर्थिक संकटबाट मुक्ति पाउन अनुशासित ढंगको वित्तीय कारोबार गर्नुपर्ने धारणा राख्दै ग्रामीण भेगमा अशिक्षा र अज्ञानताबाटै समस्या चुलिएकोमा अब बुझेर मात्र नतिजामुखी आर्थिक कारोबार गर्ने सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा इ.प्र.का. त्रिवेणीका वरिष्ठ सई सानुकाजी बिष्ट,पत्रकार आर.पि. उपाध्याय लगायत ५० को सङ्ख्यामा सहभागीहरुको उपस्थिति रहेकोे बताइएको छ।
सो अवसरमा उत्कृष्ट बचतकर्ता विनयी त्रिवेणी ७ मा रहेको लक्ष्मी समुह ४ की अध्यक्ष नन्दमाया उपाध्याय,उत्कृष्ट व्यवसायी समूह न.२७ कि देवी थापालाई कदरपत्र सहित सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।
२०७४ सालमा स्थापना भएको त्रिवेणीको रानीनगर शाखामा हाल ५५८ सदस्यहरु रहेको र २७८ को सङ्ख्यामा ऋणीहरु रहेको कार्यक्रममा जानकारी गराइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

