राष्ट्रिय दैनिक /नवलपरासी ,७ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका बासिका नागरिकलाई रगत देखि विभिन्न सेवा निःशुल्क प्रावधान ल्याएको छ ।
सरावल गाउपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई शिबिर मार्फत निःशुल्क अप्रेसन तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले सामाजिक अभियान निरन्तरता दिदै आएको छ ।
जसअन्तर्गत यश आर्थिक बर्षमा ७२ जना आँखा अप्रेसन र रगतबाट लाभान्वित पुरुष ११ महिला ६७ गरि ७८ जना भएको गाउँपालिका स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटाले जानकारी दिनुभएको हाे।
विगत बर्षमा विभिन्न आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गर्दै आएको सरावल गाउपालिकाले गाउपालिका भित्रका सबै आँखा सम्बन्धि समस्या हुने नागरिकलाई निःशुल्क आँखा अप्रेसन गराउने र रगत आवश्यक पर्नेलाई निःशुल्क रगतको ब्यवस्थापन गाउपालिकाले गर्दै आएकाे पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।

यश संगसंगै पालिकाले अति बिपन्नलाई क्रिया खर्च बापत ५ हजार , बिपन्न परिवारलाई औषधि उपचार बापत ५ देखि १० हजारसम्म सहयोग गर्दै आइरहेको छ।
समाजिक क्षेत्रमा विभिन्न उदाहरणिय कार्य गर्दै आएको गाउँपालिकाको यस्तो कार्यले स्थानिय उत्साही भएका छन् ।
रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीको ब्लड बैकसंग सम्झौता भएको अध्यक्ष चाैधरीले बताउनुभयो । गाउँपालिकाको सिफारिस सहित गएमा रगत निशुल्क पाउने प्रावधान रहेको छ।
त्यसको भुक्तानी गाउँपालिकामा ति संस्थाले माग गरे पछि गाउपालिकाले भुक्तानी दिइने छ ।
यसले नागरिकलाई स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउनेमा गाउँपालिकाले विश्वास लिएको छ । अगामी दिनमा समाज कल्याणका अन्य कार्यक्रमहरु थपिदै जाने अध्यक्ष चाैधरीले बताउनुभयाे ।
त्यस्तै सरावल गाउँपालिका र चाैधरी फाउन्डेसनको पहलमा एवं नबिल बैंककाे आर्थिक सहयोगमा स्वास्थ्य तथा खानेपानी क्षेत्रमा अति बिपन्न परिवारका महिलाहरुलाई पाठेघरकाे निशुल्क अप्रेसन पृथ्वीचन्द्र अस्पतालमा प्रदान गरिएको छ।
साथै पालिका अन्तर्गत महेन्द्र जनता मा.बि गडाैरी र जनता मा.बि भुजहवाका विद्यालयमा स्मार्ट खानेपानीको लागि फिल्टर भएको ट्यांकी जडान कार्यले करिब पन्द्र सय विद्यार्थी आर्सेनिक रहित पानिबाट लाभान्वित भएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

