दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बुटवलमा हुने, तयारी सुरु

बुटवल, माघ १२ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको आगामी फागुन २१ र २२ गते हुुने राष्ट्रिय सम्मेलनको तयारी सुरु भएको छ । केन्द्रीय समितिको बैठकको निर्णय अनुसार गठित सम्मेलन व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउनका लागि तयारी  सुरु गरेको हो ।

आईतबार बुटवलमा बसेको बैठकले व्यवस्थापन समितिमा सदस्य विस्तार गरेको छ । संघका केन्दीय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बुुटवलमा हुने सम्मेलनलाई पत्रकारिता र दलित आन्दोलनको ऐतिहासिक अवसरका रुपमा सफल बनाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पहाडीले प्रथम राष्ट्रिय सम्मेलन ऐतिहासिक नगरी बुटवलमा गर्ने निर्णय भएकाले यसलाई पत्रकारिता र दलित आन्दोलनले अपनत्व हुने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलन सफल बनाउन प्रदेश, जिल्ला समिति, पत्रकार, स्थानीय, प्रदेश र संघीय सरकार एंव सामाजिक

संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरे । सम्मेलनका अवसरमा देशभरबाट करिव २ सय प्रतिनिधिहरु बुटवलमा भेला हुने केन्द्रीय सदस्य विनोद परियारले जानकारी दिए ।

संघका रुपन्देही शाखा अध्यक्ष टंक सुनारको अध्यक्षतामा बसेको बैठकमा संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, सचिव सञ्जय सौगात, संघका रुपन्देही उपाध्यक्ष शसी सिंह परियार, कोषाध्यक्ष कृष्ण रणपाल, प्रदेश सदस्य फूलू सुनारको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot