राष्ट्रिय दैनिक / नवलपरासी, ७ जेठ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा २१ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज ठप्प भएको छ। गत चैत ११ गते सामान्य प्रशासन मन्त्रालयले पाल्हिनन्दन गाउँपालिकामा खटाएका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि कामकाज सञ्चालन गर्न असहज भएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको मिति २०८० चैत्र ११ गते सरुवा भई १७ गते रवाना बुझेको मिति देखि हालसम्म कुनै पनि प्रमुख प्रशासकिय अधिकृत नआउँदा जनताको एवं पालिकाको दैनिक कामकाज ठप्प भएको छ।
अषाढ मसान्तको समयमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहँदा नियमित कामकाज प्रभावित हुने गरेकाे छ । अषाढको मुखमा हाकिमको सरुवा हुँदा योजना सम्झौता,भुक्तानी,अनूगमन,कर्मचारी तलब र अत्यावश्यक कार्य एवं भुक्तानीमा समस्या भएको जनप्रतिनिधिहरूले बताएका छन्।
मन्त्रालयमा तथा अन्य सरकारी निकायमा पहल गर्दा पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृत आउन नमानेको वा न पठाएकोले गर्दा दैनिक कामकाजहरू पनि ठप्प भएका छन्।
पाल्हिनन्दन गाउँपालिकामा विगत वर्षमा ११ जना प्रमुख प्रशासकिय अधिकृत परिवर्तन भएका छन्। यस पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत बाहेक कुनै पनि अन्य हाकिमको कार्यकाल ८ महिना भन्दा बढी भएको छैन। सरुवा हुनुको प्रमूख कारण मध्य जनप्रतिनिधीहरु संग आन्तरिक सम्बन्ध विस्तार नहुँदा हुने गरेको स्थानीय बताउँछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

