राजन कुमार बानिया /पर्सा ,६ जेठ
पर्साको जगरनाथपुर गाउँपालिका– ५ धर्मपुर मसिहानीमा अाज बाजागाजा सहित कलश यात्रा निकालिएको छ। भोली देखि ९ दिवासिय श्री विष्णु महायज्ञ शुभअारम्भ हुने अायोजकले जनाएका छन । आगामी जेठ १४ गतेसम्म चल्ने सो महायज्ञको पहिलो दिन आइतबार भव्य कलशसहितको शोभायात्रा पनि निकालिएको छ ।
महायज्ञ आयोजनास्थलबाट सुरु भएको कलशसहितको शोभायात्रा चिलझपटी, झाखर , मसिहानी, मधुवाहन, धर्मपुर गाँउ हुँदै मधुवाहा नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर जगरनाथपुर गाउँको परिक्रमा गर्दै पुनः महयज्ञ मण्डपमा पुगेर समापन भएको हो ।
कलश तथा शोभायात्रामा ७ सय ५१ जना कुमारी कन्याका साथै करिब ४ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक लालबाबु पटेलले बताए । शोभायात्राले विभिन्न गाँउको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउ–ठाँउमा विभिन्न व्यक्ति र संस्थाले चिसो सर्वत पानी, फ्रुटी, फलफूलहरु बाँडेका थिए ।
शोभायात्रामा नेपाली कांग्रेसको केन्द्रिय सद्स्य,पर्सा क्षेत्र न.४ को संघीय सान्सद एवं पुर्ब मन्त्री रमेश रिजाल ज्युको प्रमुख अतिथ्यमा जगरनाथपुर गाउँपालिका वडा न.५ मा भईरहेको ९ दिने “श्री बिष्णु महायज्ञ “को जल यात्राको समुदघाटन गर्नु भएको थियो। उक्त कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गर्नु भएको थियो भने सो अवसरमा बिशिस्ट अतिथि मधेश प्रदेशको प्रथम मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सासंद शंकर चौधरी, रमेश पाण्डे, नवीन सिंह ,बशिष्ठनारायण कुर्मी, प्रमुख प्रशासकिय कृष्ण नन्दन यादव, वडा अध्यक्ष बिहारी नुनिया ,शुभाष यादव ,लक्ष्मी साह तेली ,नेपाली कुशवाहा लगायत स्थानीय अगुवा नेता कार्यकर्ता एवं गाउँ बासीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

