आरपि उपाध्याय / नवलपरासी ,६ जेठ
जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.स.प.) को आयोजनामा नेपाली नागरिकता सिफारिस अनुसूची १ को प्रणालीलाई अनलाइन प्रक्रियाद्वारा गरिने सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुस्तामा सम्पन्न भएको छ।
सुस्ता गाउँपालिकाका पाँच ओटै वडाका वडा अध्यक्ष,वडा सचीव,सुचना प्रविधि अधिकृतहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यक्रमको उद्देश्य र चुनौतीबारे प्रकाश पार्दै विद्युतिय प्रणालीबाट निकालिने नागरिकता प्रमाणपत्र सुरक्षित र समयको बचत हुने तथा यो प्रणालीबाट नागरिकलाई छिटोछरितो रुपमा सेवा प्रदान गर्न सहज हुने बताउनु भयो।
प्र.जि.अ. पन्थीले सिफारिसकर्ता वडा कार्यालयहरुले गम्भीर ढंग र इमान्दारीपुर्वक वास्तविक कुरा बुझेर प्रक्रियागत रुपमा सिफारिस गर्नुपर्ने धारणा राख्दै यो प्रणाली नागरिक केन्द्रित र नागरिक मैत्री बन्ने बारे जिल्ला प्रशासन कार्यालय विश्वस्त रहने जिकिर गर्नुभयो।
सो अवसरमा गृह मन्त्रालयका कम्प्युटर अपरेटर सुदर्शन न्यौपानेले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रयोगात्मक र सैद्धान्तिक विधीलाई अपनाइनुपर्ने जानकारी गराउनु भएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्य,सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति प्रकाश वाग्ले, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक बिमल घिमिरे र सुस्ता गाउँपालिका अन्तर्गतका शाखा प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको जानकारीमा आएको छ।
कार्यक्रममा जेष्ठ ७ गतेबाट नै विद्युतिय प्रणाली अन्तर्गत अनलाइन विधिद्वारा नागरिकता प्रमाणपत्रको सिफारिस गराइने पनि बताइएको थियो।
कार्यक्रम सुस्ता गाउँपालिकाकी कार्यबाहक अध्यक्ष गितादेवी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो।

त्यसैगरी जिल्ला प्रशासन कार्यलयकै आयोजनामा प्रतापपुर गाउँपालिकामा पनि नागरिकता प्रमाणपत्र सिफारिस सम्बन्धि अनुसूची १ फारमलाई अनलाइन विधिद्वारा भर्नुपर्ने सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष,वडा सचिव र सुचना प्रविधि सम्बन्धि कर्मचारीहरुको पनि उपस्थिति रहेकोे थियो।

उक्त कार्यक्रमको अध्यक्षता पालिकाकी कार्यवाहक अध्यक्ष मान कुमारी चौधरीले गर्नुभएको पालिकाले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

