आरपि उपाध्याय / नवलपरासी ,५ जेठ
युथ भिजन संस्था विनयी त्रिवेणी ७ पुर्वी नवलपरासीको आयोजनामा सिमावर्ती त्रिवेणी क्षेत्रमा बढेको अवैध क्रियाकलाप रोकथाम नियन्त्रण गर्न एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ मा रहेका स्थानीय युवा क्लब,आमा समुह र केही सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राको जनचेतनामूलक कार्यक्रममा सहभागिता रहेकोे थियो।
लागू औषध दुर्व्यसनी विरुद्धको सचेतनामूलक प्लेकार्ड सहितको रेलीले रानीनगर,गण्डक ब्यारेज पुल हुँदै त्रिवेणी बजार परिक्रमा गर्दै विनयी त्रिवेणी ७ को शिवपुरगढीमा कोणसभा सम्पन्न भएको आयोजक संस्थाले बताएको छ।

कोणसभामा ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदम थापाले जनचेतनामूलक कार्यक्रमको माध्यमबाट नै लागू औषध दुर्व्यसनी विरुद्धको अभियान र अन्य अवैध गतिविधि रोक्न सकिने बताउदै अवैध क्रियाकलाप रोकथाम गर्न सुरक्षा निकाय पुर्ण प्रतिबद्ध रहेकोे धारणा राख्नुभयो।
कार्यक्रममा गजेन्द्र मोक्ष त्रिवेणी धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले त्रिवेणी धाम क्षेत्रलाई स्वच्छ, सफा र सुन्दर बनाउन सामाजिक विकृति तथा अवैध क्रियाकलापलाई सदाको लागि अन्त्य गर्न तर्फ लाग्नुपर्ने समय आएको जिकिर गर्नुभयो।

कार्यक्रममा देउचुली टेलीभिजनका प्रबन्ध निर्देशक के.बि. राना लगायतले पनि आफ्नो भनाइ राख्नुभएको जानकारीमा आएको छ।

कार्यक्रममा ई.प्र.का. त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. का सुरक्षाकर्मीहरुको उपस्थिति रहेकोे थियो भने कार्यक्रम युथ भिजन विनयी त्रिवेणी ७ का संयोजक अर्जुन अर्यालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

