Rashtriya Dainik

भारतमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गयो

भारतको हरियाणा राज्यमा पर्ने नुहमा बिहान गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेका र गाउँलेले बसको झ्यालका सिसा फुटाएर आफुहरुलाई बचाएका एक जना घाइतेले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

बसमा झन्डै ६० जना थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित