Rashtriya Dainik

अखिल(क्रान्तिकारी) द्धारा राईको रिहाईको माग गर्दै प्रचारात्मक अभियान

नवलपरासी – अखिल(क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईको रिहाईको माग गर्दै पर्चा वितरण कार्यक्रम गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारीका संयोजक राईलाई प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै संगठनले संर्घषका कार्यक्रम गर्दै आएको छ ।
अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सन्देश सापकोटाको नेतृत्वमा प्रहरी प्रशासनको भण्डाफोर गर्दै पर्चा वितरण गरिएको संगठनले जनाएको छ ।
संगठनले बिद्यार्थी, शिक्षक , अभिभावक तथा बिभिन्न जनवर्गलाई लक्षित गरेर पर्चा वितरण गरेको संयोजक सापकोटाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित