राजन कुमार बानिया /पर्सा, ४ जेठ पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा रहेको श्री अजिज मियाँ माध्यमिक बिधालय अाज अभिभावक भेला सम्पन्न भएको छ। धोबिनि बिधालयको हलमा बसेको अबिभावक भेलामा जनप्रतिनिधि र अबिभावक हरुको सहभागिता रहेको बैठकमा बिधालयका समस्या बारे बिधालयका प्रअ जितेन्द्र रामले जानकारी गराउनु भएको थियो।बिधालय १६ सय ३४ जना बिधार्थीहरुको संख्या रहेकोले शिक्षक ११ जना रहेको कारण पठपाठनमा समस्या भईरहेको जति हुनुपर्ने शिक्षामा गुणस्तर दिनमा समस्या भएको प्रअ रामले जानकारी दिनु भएको थियो। नेपाल सरकारले ५० जना बिधार्थीमा १ जना बिधार्थी हुनु पर्नेमा थोरै शिक्षकमा पठनपाठन भईरहेको समस्या देखिएको छ। बिधार्थी संख्या अनुपातमा कमतीमा ३२ जना शिक्षक हुनुमा अहिले ११ शिक्षक रहेकोले शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा दिन नस्केको कारणले अाज अबिभावक र जनप्रतिनिधिहरुको बैठक बसाउनु परेको प्रअ रामले बताए । गुणस्तरीय शिक्षाको लागी बिधालयमा वर्षमा ३ चोटी परिक्षा बिधार्थी हरु लाई दिलाउन मा थोरै रकम स्थानिय सरकारले पठाउने गरेकोले अपुग भईरहेको छ। अहिले केही शिक्षक हरको ब्यवस्थापन गर्नको लागी स्थानिय अबिभावक ,संघ संस्था र जनप्रतिनिधिहरुसंग चन्दा उठाएर दक्ष शिक्षक राखेर पठनपाठनमा गुणस्तरीय शिक्षा ब्यवस्थापन गरिने बताए ।प्रअ रामले बिधालयमा रहेको शिक्षक समस्या,बिधालय भवण,फर्निचर लगायत समस्या रहेको बैठकमा जानकारी गराउनु हो। अाफ्नो छोरा छोरी पढाउन को लागी गुणस्तरीय शिक्षाको लागी स्थानिय अबिभावक हरु ले चन्दा दिन समेत जोड दिनु भएको थियो। धोबिनी गाउँमा पोखरी करोडौं स्रोत रहेपनी अहिले बिधालय सुधार र गुणस्तरीय शिक्षा को लागी सहयोग चन्दा को लागि गुहार्नु परिरहेको स्थानिय अबिभावक हरु गुनासा राखेका थिए। बिधालय सुधार र अाफ्नो छोरा छोरीहरु गुणस्तरीय शिक्षा पाउने भन्दै अबिभावकहरु चन्दा समेत दिन त्यार रहेको अबिभावकहरु जोड दिनु भएको थियो। अबिभावक र जनप्रतिनिधि भेलामा प्रमुख अतिथि रहुनु भएका धोबिनी गाउँपालिका मदन प्रसाद चौहानले बिधालयको समस्यालाई मध्यनजर गर्दै भने छिटै नै बिधालय हरुमा शिक्षकको कमिलाई पुर्ती गर्ने बताए ।अाउने अार्थिक बर्षमा कमिरहेको शिक्षकहरु पुर्ति गरिने बताए ।यस पाली प्रमुख प्रसाशकिय अधिकृत को लापरबाही का कारण शिक्षा लगायत अन्य बिषयमा पनी समस्या भएको बताए ।तर अब शिक्षा लगायत समपुर्णमा सहयोग पुगने बताए । गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत संजय यादवले भने मेरो यहा पाँच दिनमात्र भएको जिम्मेवारी लिएको अहिले कागज मा हेर्दा अहिले सम्म पाठेपुस्कका केही रकम रुकेको छ। बालबिकासका शिक्षिकाहरुले ६ महिना सम्म तलब खाएको छैन,बिधालय हरुमा दिवा खाजा को रकम रुकेको छ।दलित छात्रवृत्तिको रकम रुकेकोछ। बिधालयमा धेरै समस्या अहिले पनी छ तर जेस्ठ १५ गते सम्म सबै रकम बिधालय हरुमा जाने अधिकृत यादवले बताए । अबिभावक भेला बिधालय ब्यवस्थापन समित का अध्यक्ष एव वडा अध्यक्ष मनौर मियाँको अध्यक्ष्ातामा भएको कार्यक्रममा उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा अध्यक्ष ईब्राहिम देवान,उपाध्यक्ष चन्देश चौहान, अासमान नेपाल संस्थाका अरबिन्द साह, नेता सलाउदिन अहम्द,शिक्षक नागेन्द्र पटेल,लक्षमी राउत कुर्मी,सोनालाल पटेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए। अबिभावक भेला बाट बिधालयमा भईरहेको परिक्षा र बिधालय सुधार तथ गुणस्तरीय शिक्षाको लागी चन्दा ब्यवस्थापन गर्ने निर्णय भएको छ।साथै अबिभावक संग गठन गर्ने छलफलमा निर्णय गरिएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।