वडास्तरीय २०/२० क्रीकेट प्रतियोगिताकाे उपाधि ठट्टीयाखोला युवा क्लबलाई

आरपि उपाध्याय / नवलपरासी ,४ जेठ

त्रिवेणी स्टार क्लब विनयी त्रिवेणी ७ नवलपुरको आयोजनामा सञ्चालन भएको वडास्तरीय २०/२० क्रीकेट प्रतियोगिता शुक्रबार त्रिवेणीमा सम्पन्न भएको छ।

बैशाख २४ गतेदेखि प्रारम्भ भएको क्रीकेट प्रतियोगितामा विनयी त्रिवेणी वडा न.६ र ७ बाट नौ क्रीकेट टिमहरुको सहभागिता रहेको आयोजक क्लबले जानकारी दिएको छ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा त्रिवेणी स्टार युवा क्लब विनयी त्रिवेणी ७ ठट्टीयाखोला युवा क्लबले कालिका युवा क्लबलाई ६१ रनले पराजित गरि २५ हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।


टस जिति पहिलो ब्याटिङ गरेको त्रिवेणी स्टार युवा क्लबले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १६७ रन बनाउन सफल भएको थियो भने जवाफी ब्याटिङ गर्दै कालिका युवा क्लब विष्णुनगरले १९ ओभरमा अल आउट भइ १०६ रनमात्र बनाउन सफल भएको बताइएको छ।

दोस्रो हुने कालिका युवा क्लबले नगद २० हजार सहित कप मेडल प्राप्त गरेको थियो।
क्रीकेट प्रतियोगिताको पुरै सिरीजमा उत्कृष्ट ब्याटिङ गरेका शेखर सिंह ठकुरी म्यान अफ द सिरीज घोषित भएका थिए भने टुर्नामेन्टमा बेस्ट बलर कालिका टिमका बिजय चिडी मगर घोषित हुनुभएको थियो। टुर्नामेन्टमा कालिका युवा क्लबकै समीर पञ्जियार बेस्ट फिल्डर घोषित भएको जानकारी प्राप्त भएको छ।

स्टार युवा क्लबका उपाध्यक्ष बिनोद थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडाध्यक्ष उमेश कार्की,वडा न.७ की वडा सदस्य शोभा क्षेत्री लगायतले क्रीकेट खेलको महत्वमाथी प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा सुरक्षा निकायका स्थानीय युनिट प्रमुख,संघसंस्थाका प्रतिनिधि र पुर्व खेलाडीहरुको पनि उपस्थिति रहेको आयोजक क्लबले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!