नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइको माग गर्दै बिहिवार गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन छ । क्रान्तिकारीले बर्दघाट – ४ शान्तिनगर चोकमा गृहमन्त्री लामिछानेको राजिनामा माग गर्दै पुत्ला जलाएको हो । बिद्यार्थी एकता दिवसको पुर्व सन्ध्यामा कार्यक्रम बिथोल्ने कुत्सित मानसिकताले राईलाई गिरफ्तार गरेर कथित अभद्र ब्यवहारको मुद्दा चलाउनु हास्यास्पद रहेको संगठनले बताउदै आएको छ । कार्यक्रममा बिद्यार्थी नेता राई को रिहाइ , लघुबित्त तथा सहकारी पीडितलाई न्याय दिनुपर्ने , शिक्षाक्षेत्रमा निजीकरणको अन्त्य गर्नुपर्ने लगायत दर्जनौ नाराबाजी गर्दै राजमार्गमा टायर समेत बालेर प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलिले पुत्ला तथा टायरमा पानी हालेपछि त्यसको प्रतिबाद गर्दै विद्यार्थीहरुले प्रहरी प्रशासनको विरुद्ध चर्को नाराबाजी गरेका थिए । बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले दलाल सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राई लाई तत्काल रिहाई नगरे सम्म अझ कडा कार्यक्रम ल्याउने चेतावनी दिनुभयो । बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले बिद्यार्थीहरुको आन्दोलन जायज र न्याय पुर्ण रहेको भन्दै ऐक्यबद्धता जनाउनु भयो । क्रान्तिकारीले जेठ ६ गते शैक्षिक हडताल सहितको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।