Rashtriya Dainik

वास्तविक चाैधरीको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न अपिल

राष्ट्रिय दैनिक / नवलपरासी ,३ जेठ

मस्तिष्कमा अप्रेसन भएर भर्ना भएका वास्तविक चाैधरीको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ जावा बस्ने वर्ष २३ काे वास्तविक चाैधरीलाई अचानक मस्तिष्कमा समस्या आएको र मस्तिष्कमा रगत जमेर अप्रेसन भएकोले जीवनरक्षाका लागि परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन।

मस्तिष्कमा रगत जमेर अप्रेसन भएको र हालसम्म अचेत अवस्थामा रहेकोले औषधि तथा शैयाको खर्चकाे लागि साथीहरुले वास्तविक बचाउ अभियान सन्चालन गरि सहयोग जुटाइ रहेका छन ।

चाैधरी भरतपुर १० चितवनमा अवस्थित चितवल मेडिकल कलेज टेक्निकल हस्पिटलमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारका लागि आर्थिक कठिनाइ भएको परिवारजनले बताएका छन् ।

यस्तो कठिन परिस्थितिमा मानवताका आधारमा वास्तविक चाैधरीका साथीहरु वास्तविक बचाऔँ अभियान सन्चालन गरी आवश्यक सहयोगका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै सहयोगका लागि आग्रह गरेका छन् ।

सहयोगका लागि वास्तविक चाैधरीको साथी सुनिल बि.क काे नाममा रहेको Global IME Bank बैंकको खाता नम्बर 22407010009615 मा रकम जम्मा गरिदिएर सहयोगका लागि अपिल गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित