राष्ट्रिय दैनिक / नवलपरासी ,२ जेठ
पश्चिम नवलपरासीको सुनवलमा बित्तीय साक्षरता तथा झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आयाेजनामा केन्द्र नं. ८९ अध्यक्ष टाेप कुमारी कवर याेगीकाे अध्यक्षता तथा सुनवल ४ वडा अध्यक्ष बालकृष्ण पंगेनीकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हाे।

तालिममा बाेल्दै सुनवल ४ वडा अध्यक्ष पंगेनीले सिकेर कुरा ब्यवसायिक रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । साथै साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गर्नुभएको थियो।
तालिममा जाेखिम ब्यवस्थापन तथा असुली विभाग सुनवल स्टेसनका अधिकृत चित्रराज सुवेदी ,सुनवल स्टेसनका अनुगमन अधिकृत जमिल खत्री ,आन्तरिक लेखा परिक्षक सुनवल स्टेसनका अधिकृत बिमल काेइराला लगाएतले बाेल्नुभएकाे थियो ।

तालिममा ६० जनाले सहभागिता जनाएका थिए । तालिम टाेप नारायण मरासिनीले प्रशिक्षण गर्नुभएको थियो ।
शाखा प्रमुख बिष्णुहरी घिमिरेकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन जमिल खत्रीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

