आरपि उपाध्याय / नवलपरासी ,२ जेठ
सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हेक्वा पश्चिम नवलपरासीको १७ औं स्थापना दिवस २०८१ एक कार्यक्रमको बिच बुधबार सम्पन्न भएको छ।
वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि समेत रहनुभएका सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले अनुशासित ढंगबाट जिम्मेवारी र कर्तव्य पालना गर्ने उद्देश्यले गठन भएको संगठनले राज्यले दिएको जिम्मेवारीलाई निष्ठा पुर्वक पालन गर्दै आएको बताउनु भएको छ।

नायब महानिरीक्षक खत्रीले नागरिकको स्वतन्त्रताको रक्षा गर्दै अपराध नियन्त्रण, सिमा सुरक्षा र विपद व्यवस्थापन लगायत कार्य गर्नको लागि सशस्त्र प्रहरी बलले दिनरात निष्ठा पुर्वक कार्य गरिरहेको जिकिर गर्नुभयो।
वार्षिकोत्सब समारोहमा नवलपरासी (ब.स.प.) का प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आत्मविश्वास र उच्च मनोबलका साथ आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूरा गर्दै आएको सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकाय संग समन्वय गरि गरेका कार्य प्रसंसिय रहेको धारणा राख्नुभयो।

कार्यक्रममा व्यवसायिक ज्ञान प्रतियोगितामा विजयी सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने २६ न. गणलाई विशेष योगदान पुर्याउने महानुभावलाई कदरपत्र र सहिद परिवारका परिवारजनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।
१७ वर्ष पुर्व सिमा र सिमा स्तम्भ सुरक्षा तथा सिमा इलाकामा हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले २०६४ जेष्ठ महिनामा सिमा सुरक्षा कार्यालयको रुपमा स्थापना भइ २०७५ जेष्ठदेखि स्तरोन्नति गरि २६ न. गणको रुपमा कार्य गर्दै आएको पनि जानकारी गराइएको थियो।
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण अन्तर्गत एक प्रस्तावित सिमा सुरक्षा गुल्म,बि.ओ.पि.४ र सुरक्षा बेस २ मार्फत परिचालित भइ शान्ति, सुरक्षा,सिमावर्ती अपराध नियन्त्रण,विपद व्यवस्थापन कार्य गर्दै आएको वार्षिकोत्सबमा जानकारी गराइएको छ।

कार्यक्रममा २६ न. गणका गणपती एवं सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले सबैमा धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दै शान्ती,सुरक्षा,प्रतिबद्धताको आदर्श पूरा गर्नु सबैको परम कर्तव्य रहेको बताउनु भयो।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका, सुनवल नगरपालिका का प्रमुख एवं सरावल,पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष लगायत जिल्ला अन्तर्गतका कार्यालय प्रमुख र पत्रकारहरुको कार्यक्रममा उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

