Rashtriya Dainik

पर्साका एसपी ढुंगेलले गरे तस्करीमा कडाई एक महिनामा ६ करोड भन्दा बढीको तस्करीको सामाग्री बरामद

वीरगन्ज ,२ बैशाख

पर्सा प्रहरीले सिमानाकामा हुने तस्करीमा कडाई गरि गत बैशाखको महिनामा ६ करोड रुपैया भन्दा बढीको अवैध सामानहरु पक्राउ गरेको प्रगति विवरण सार्वजनिक गरेको छ।

प्रहरीले विभिन्न नाकाहरुबाट लत्ताकपडा, खुद्रासामानहरु, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स तथा हाडयेवर लगएतको सामानहरू बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा करिब ६ करोड१३ लाख ६८ हजार ४४ रुपैया बराबरको सामाग्री पक्राउ गरी भन्सार दाखिला गरेको छ।त्यसैगरि गत बैशाखको महिनामा ३५ लाख २० हजार ७०० रुपैया सहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।

उनका अनुसार चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरेको छ भन्ने फैसला कार्यन्वयन तर्फ १५१ जनालाई पक्राउ गरि ( ५ वर्ष २९ दिन कैद रु.१५,०८,७४२।– जरिवाना भराएको जानकारी दिए।
यसरीनै प्रहरीले नक्कली नोट १ लाख २३ हजार पक्राउ गरेको छ।चोरीको ४२ वटा मोबाईल फेला पारी सम्बन्धितधनीलाई बुझाइएको छ।हातहतियार
खर खजाना सहित १ वटा नकुटवा पेस्तोल सहित पक्राउ गरेको हो।
पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा१५ के.जी,.खैरो हिरोईन५७.४५ ग्राम,चरेश,कोरेक्स६७ बोत्तल ,नाइट्राभेट७९९,पिस ,फेनारगन३० एम्पुल
,डाइजेल्याब३३ एम्पुल र नुरफिन३३ एम्पुल पक्राउ गरेको एसपी ढुंगेलले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित