आरपि उपाध्याय/ नवलपरासी ,१ जेठ
कम्प्युटर एसोसिएसन नेपाल नवलपरासीको आयोजनामा सुचना प्रविधि (IT) सम्बन्धि विद्यार्थीहरुका लागि एक दिने तालिम विनयी त्रिवेणी ७ शिवपुरगढीको गुम्बा हलमा मङ्गलबार सम्पन्न भएको छ।
क्यान नवलपरासीका अध्यक्ष संतोष कुमार रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडाध्यक्ष उमेश कार्कीले आधुनिक शिक्षा पद्धतिलाई अनुशासित ढङ्गबाट प्रयोग गरिएमा त्यसको नतिजा पनि असल आउने बताउनुभयो।
सो अवसरमा विनयी त्रिवेणी वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह, क्यान नवलपरासीका पुर्व अध्यक्ष युराज डुम्रे, नवलपरासीका उपाध्यक्ष गणेश न्यौपाने, सञ्चारकर्मी आर.पि. उपाध्यायले कार्यक्रमको सफलताको कामना गर्दै तालिम फलदायी रहने धारणा राख्नुभएको थियो ।
त्रिवेणी क्षेत्रका शैक्षिक संस्थामध्ये नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणी, शिवपुरगढी मा.वि. र ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुलका छात्रछात्राहरुको तालिममा सहभागिता रहेको आयोजकले बताएको छ।

एक दिने तालिममा सहजकर्ता निकित रौनियार र नारायण पाण्डेले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विद्यालयका शिक्षक प्रतिनिधि र सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी. का सशस्त्र प्रहरी निरीक्षक बिबेक लामिछाने लगायतको उपस्थिति रहेकोे कम्प्युटर एसोसिएसन नेपाल नवलपरासीका सचीव डिक बहादुर पाण्डेले जानकारी दिनुभएको छ।

सुचना सञ्चारको क्षेत्रबारे समाजमा विद्यार्थीहरुको मार्फत जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको पनि आयोजक संस्थाले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

