Rashtriya Dainik

धोबिनी गा.पामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर

राजन बानिया /पर्सा ,३१ बैशाख

पर्साको धोबिनी गाउँपालिकामा नयाँ निमित प्रमुख प्रशासकीय अधिकृत संजय यादव हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

धोबिनी गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मदन प्रसाद चौहान ,उपाध्यक्ष मन्जु देबी पटेल लगायत जनप्रतिनिधि र कर्मचारीहरु फुलमाला अबिर लगाई स्वागत गरेका थिए।


परिचयात्मक तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि,कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो।

निमित प्रमुख प्रशासकीय अधिकृत यादवले बिगत ७ वर्ष देखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको पदमा कार्यरत रहेको थियो। हाल अाजबाट निमित प्रमुख प्रसाशकिय अधिकृतको पद भार ग्रहन गर्दै गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।

यो गाउँपालिकाको अवस्था म राम्रो शीत अगालेको छु यसमा धेरै नै समस्या छ तर अब पहिलाको जस्तो हुदैन जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछी गाउँपालिकाको बिकास र जनता हरुको कामकाज सहज र छिटो , छरितो हुने बताए ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष चौहानले भने हामीहरुलाई जनताहरुले जिताएर जनप्रतिनिधि बनाएका छन , जनता हरुको बिकासका काम गर्नु पर्छ।चुनावको बेला जनता हरुलाई दिएको बच्चा पूरा गर्नु पर्छ। यदि हामीहरुले अापसमा केही सानो तिनो कुरामा बिबाद उतपन गरेपछी जनता हरुको बिकासको काममा बाधापुगने अध्यक्ष चौहानले बताए । धोबिनी गाउँपालिकाको बिकासको लागि हामी जनप्रतिनिधि र कर्मचारीहरु एक जुट भएर अगाडि बढनमा जोड दिनुभएको थियो।साथै नयाँ निमित प्रमुख प्रसाशकिय अधिकृत यादवलाई गाउँपालिकामा राम्रो काम गर्न सहित बधाई समेतदिनु भएको थियो। कार्यक्रममा वडाअध्यक्ष अबास मियाँ चुरिहार, बन्धु साह तेली, मनाउर मियाँ ,किसोर पटेल, नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, कार्यपालिका दिनेश प्रसाद कलवार,सदस्य मदन सहनी , कमल ठाकुर, र गाउँपालिकाको कर्मचारी पपु पटेल , प्रदिप पटेल , केशराज प्रसाद कुर्मी , रबिभुसन पटेल , अजय साह लगायत महिला सदस्य ,गाउँपालिका सदस्य ,कर्मचारी ,लगायत हरुको सहभागीता रहेको थियोे ।कार्यक्रम संचालन शिक्षा प्रमुख बृजकिसोर त्रिपाठीले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित