राष्ट्रिय दैनिक / नवलपरासी ,३१ बैशाख
सरावल उद्योग बाणिज्य संघको अध्यक्षमा शुसान्त शर्मा घिमिरे चयन हुनुभएको छ।
आइतबार सरावल गाउँपालिकाकाे सभाहलमा ब्यवसायीहरुकाे भेलाले घिमिरेकाे नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हाे।

जसको बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र यादव, उपाध्यक्ष कुलाकान्ती चाैधरी, महासचिव अरुण राव, सचिव हेमन्त चाैधरी , सचिव देवराज राय थारु र कोषाध्यक्षमा सन्जय सहानी सर्वसम्मत चयन हुनुभएको हाे ।
त्यस्तै सदस्यमा शशी कुमारी कमकर ,रामु चाैधरी,अमर यादव,कमलेश चाैधरी,धर्मराज चाैधरी र जित बहादुर गुप्ता चयन हुनुभएको हाे।

सभाले मनाेज कण्डेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा हेम कुमारी चाैधरी र शिव प्रकाश चाैधरी रहनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले नीजि क्षेत्रको बिकास नभइ देश बिकास हुन नसक्ने बताउनु भएको छ । उद्योग बाणिज्य संघले गर्ने हरेक कार्यहरुमा गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजनले सबै व्यवसायीको हक र हितलाई ध्यानमा राख्दै राज्यले कदम चाल्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले कुनै पनि नागरिकले व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । उहाँले आफ्नो चाहना भएमा व्यवसाय गर्नु पर्छ र व्यवसाय शुरु गर्नु भन्दा पहिला व्यवसाय दर्ता गर्न भने भुल्न नहुनेमा सचेत गराउदै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण चाैधरी , लेखा प्रमुख नारायण पाण्डे लगाएतकाे उपस्थिति रहेको थियाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

