Rashtriya Dainik

नदीजन्य पदार्थको चोरी गर्दा ३ वटा टिप्पर नियन्त्रण लिई तीन लाख जरिवाना

अनिल बनिया/ नवलपरासी , २८ वैशाख

पश्चिम नवलपरासीको सुनवाल नगरपालिका नगरपालिका वडा नं. १३ स्थित बडेरा खोलाबाट नदीजन्य पदार्थको चोरी गर्दा ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

बुधबार सुनवल नगरपालिकाको बडेरा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गर्दै गरेको अवस्थामा फेला पारी तीन (३) वटा टिप्परहरू नियन्त्रणमा लिइएको हो ।

खोलामा नदी जन्य पदार्थको चोरी गर्दै गरेर नदीजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा पानभारबाट ३ वटा टिप्परहरु नियन्त्रण लिइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका लु २ ख ३८६०, प्र. – ०२- ०३००१ ख ६३२७ र प्र.-०२-०३००१ख ४६६८ नम्बरका ३ वटा टिप्परलाई उक्त जरिवाना तिराइएको हो । एक बिल्डर्स कम्पनीमा उक्त पदार्थ पुर्‍याउन थालिएको खुल्न आएको छ ।

जिल्ला प्रशासन कार्यालयले नदीजन्य पदार्थको चोरी कार्यमा संलग्नहरूको थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित