संजय कुशवाहा / नवलपरासी २८ बैशाख
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं.३ कुडियाबाट रतनगंज तर्फ जादै गर्दा लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदा सुस्ता – ५ तरैनी बस्ने १५ बर्षिय गोलु( रोहित)कम्करको मृत्यु भएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका लागि जिल्ला अस्पताल परासीमा लगेपछि डाक्टरले मृत्यु घोषित गरेका हुन ।

ट्याक्टर चालक सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अन्दाजी २१ बर्षिय सुकई मल्लाह गम्भीर घाइते भएका छन
घाइते मल्लाहलाई पृथ्वी चन्द्र अस्पताल परासीबाट थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

