आरपि उपाध्याय / नवलपरासी ,२६ बैशाख
अस्थायी ट्राफिक प्रहरी पोस्ट विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन जनचेतनामूलक कार्यक्रम सहित स्टिकर लगायत सामाग्री वितरण गरिएको छ।
ट्राफिक सप्ताह २०८१ अन्तर्गत विनयी त्रिवेणीको गजेन्द्र मोक्ष धाम र त्रिवेणी बजार आसपासका क्षेत्रमा ट्राफिक प्रहरीले सवारी ऐन अनुसार सवारीसाधन चलाउनु पर्ने सचेतना गराइएको थियो भने सवारी चालकले अपनाउनु पर्ने सावधानीबारे जानकारी गराइएको ट्राफिक प्रहरी जवान लक्ष्मण खड्काले बताउनु भएको छ।
सप्ताह व्यापी कार्यक्रममा त्रिवेणी धाममा आउने सवारीधनी र चालकहरुलाई ट्राफिक नियमको पुर्ण पालना गरि सवारी चलाइएमा दुर्घटना न्यूनीकरण गर्न सकिने इ.प्र.का. त्रिवेणीका वरिष्ठ सब इन्सपेक्टर सानू काजी बिष्टले बताउनु भएको थियो।
सो अवसरमा ट्राफिक प्रहरीले सचेतनामूलक स्टिकर,माक्स लगायत सामाग्रीहरु पनि वितरण गरिएको बताइएको छ।

सिमावर्ती त्रिवेणी र आसपासका ईलाकामा सवारी ऐन विपरीत सवारी चालकको आवतजावत बढ्न थालेपछि ट्राफिक प्रहरीले पनि अभियानकै रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

