संजय कुशवाहा / बैशाख २५ नवलपरासी
चट्याङ लागेर सुस्तामा मंगलबार एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मंगलवार बिहान वर्षासंगै परेको चट्याङ लागेर सुस्ता गाउँपालिका वडा नं. ५ तरैनी बस्ने २८ वर्षीय पुनम कुशवाहाको मृत्यु भएको हो ।

बिहान वर्षासंगै चलेकाे हावाहुरिका बेला बगैचातिर गएकाे बेला परेकाे चट्याङ कुशवाहालाई लागे पश्चात उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घाेषित गरेका थिए ।
पुनम एक छाेरा र एक छाेरी की आमा रहेका थिन्न र उनका श्रीमान वैदेशिक रोजगारीका लागि सउदी अरबमा रहेका छन् । घटनाकाे खबर पाइ श्रीमान् ओम प्रकाश कुशवाहा घर फर्किन लागेकाे परिवारिक श्राेतले जनाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

