संजय कुशवाहा / नवलपरासी ११ माघ पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करीब ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो । आइतबार प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहिया स्थित नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर (केराउ) र ४ बोरामा ८० किलो मुरली मकै ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रण गरेको हो । उक्त केराउ र मकै मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मोटरसाईकल सहित मानिस भागेका थिए त्यसैगरी सुस्ता गाउँपालिका वडा नं.१ छघरे स्थित भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा ,१९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा सिसौं घारीबाट इलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रण गरेको छ । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।