राष्ट्रिय दैनिक /नवलपरासी ,१७ असाेज।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीले संगठन निर्माण तथा विस्तारका कामलाई तीव्रता दिएको छ। जिल्ला अध्यक्ष रामभवन यादवको नेतृत्वमा जिल्लाका विभिन्न स्थानीय तह, वडा तथा टोलस्तरसम्म संगठन विस्तारका गतिविधि अघि बढाइएको हो।
पार्टीले कार्यकर्ता भेटघाट, भेला, छलफल तथा नयाँ सदस्यता विस्तारमार्फत संगठनलाई थप व्यवस्थित र मजबुत बनाउने अभियान सञ्चालन गरिरहेको जनाएको छ।

अध्यक्ष यादवले जिल्लाका सबै स्थानीय तह र वडासम्म पार्टीको सांगठनिक संरचना विस्तार गर्दै जनतासँग प्रत्यक्ष संवाद र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने गरी अभियान अघि बढाइएको बताएका छन्।

राप्रपाले संगठन निर्माणसँगै स्थानीय समस्या, विकास निर्माण तथा जनताका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

