अर्जुन शाह / वीरगञ्ज ११ माघ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ लखनपुर मा तेलि कल्याण समाज सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरको वडा समिति १५ सदस्यीय गठन सु-सम्पन्न भयो । शिवकुमार साह काे अध्यक्षतामा भएको कार्यक्रम प्रमूख अतिथि क्षेत्रिय सदस्य धर्मराज साह तेली कार्यक्रममा आईतबार लखनपुर स्थित साविक वडा नं २मा रहेको इनारको प्राङ्गण एक कार्यक्रमका बिच रामबाबु साह तेलीको अधयक्षतामा वडा समिति १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । तेलीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष रुदल साह तेली, सचिव पनालाल साह तेली,कोषा अध्यक्ष मंगल साह तेली, सदस्यहरु धुरुप साह तेली, महन्थ साह तेली, भिखु साह तेली , प्रमोद साह तेली , भागरित साह तेली, धर्मदेव साह तेली, लालमती देवी, अतवारिया देवी, हिरमती देवी, सविता देवी,रहेने गरीे १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । कार्यक्रममा अध्यक्ष तेलीले जातिय विकास र अधिकार सुनश्चितताका लागि लडेर आफ्नो आधिकार लिनु पर्ने बताएका थिए । हामि सवै भाईबन्दु तेली समाज काे विकास र हितको लागि राज्य तथा हामी सबै मिलेर भूमिका खेल्नु पर्ने अध्यक्ष साहको भनाई थियो । वडा समिति काे आशमण साह तेली काे अध्यक्षतमा १३ सदस्यीय सलाहकार समिति बनेको छ। कार्यक्रममा गा पा सह सचिव रामबाबु साह, यूवा समाज सेवी हरीन्द्र साह , जवाहिर साह , गा पा सलाहकार लालबाबु साह, लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।