Rashtriya Dainik

लुम्बिनीमा रेडियाे परासीद्वारा स्राेता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

सन्दिप बि.क / नवलपरासी , १६ बैशाख

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्राेता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

पश्चिम नवलपरासीको पहिलाे रेडियो स्टेसन सामुदायिक रेडियो परासीकाे आयाेजनामा नव वर्ष २०८१ काे अवसरमा स्राेता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

रेडियाे परासी मार्फत सन्चालन हुने कार्यक्रम गित बहारका कार्यक्रम संचालक एवं प्राबिधिक सुरेश यादवकाे अध्यक्षता तथा गित बहार कार्यक्रमका उत्पादनकर्ता एवम् सन्चारकर्मी उमेश कुमार बि.क. काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

स्राेता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै सन्चारकर्मी बि.क ले रेडियो परासी समुदायमा अनुकरणीय काम गरेको बताउनुभयो । समाज परिवर्तनमा रेडियो परासीकाे ठुलो हात रहेको चर्चा गर्दै रेडियोमा कार्यरत कर्मचारीहरुकाे समेत प्रशंसा ब्यक्त गर्नुभएको थियो । गित बहार कार्यक्रम आम स्राेताकाे मन मस्तिष्कमा बस्न सफल रहेकोले याे कार्यक्रमलाई सन्चालन गरेर जिवन्त राख्नुभएकोमा द्वय सुरेश यादवलाई धन्यवाद दिनुभएको थियो । स्राेता मिलन कार्यक्रम नेपाल अधिराज्य भित्र उदाहरणीय कार्यक्रम रहेकोले यसले स्राेता र कार्यक्रम प्रस्ताेता बिच आत्मियता कायम गर्नुकाे साथै प्रत्यक्ष पहिचानको लागि अवसर समेत रहेको चर्चा गर्नुभएको थियो । स्राेतालाई प्रत्यक्ष बाेलाएर जमघट गराउनु र उनिहरुकाे कामको अधारमा मुल्यांकन सहित सम्मान गर्नुले रेडियो कार्यक्रममा सहभागीता जनाउनमा ठुलो उर्जा थपिने बताउनुभयो । भाेजपुरी कार्यक्रम गित बहारले स्राेताहरुलाई मनाेरन्जन दिनुको अलावा विभिन्न सुचना आदानप्रदान र भाेजपुुरी कला संस्कृति जगेर्ना गर्न ठुलो टेवा पुगेको बताउनुभयो । स्राेता र कार्यक्रम प्रस्ताेताबिच नङ र मासुकाे सम्बन्ध भएकोले दुबैले आत्मियता कायम गर्दै सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो । साथै नयाँ बर्षकाे शुभकामना दिदै विभिन्न बिधामा सम्मानित हुने स्राेतालाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा रुपन्देहीका वरिष्ठ संचारकर्मी राजन चाैधरी,राष्ट्रिय थारु गायक एवं पुर्व सन्चारकर्मी सरगम चाैधरी,रेडियो सन्देशकाे अध्यक्ष एव सन्चारकर्मी नन्दु कवर , सन्चारकर्मी रुपेश राजभर , रेडियो परासीकाे पुर्व कर्मचारी सिकेन्द्र सहानी,शिक्षक फुलचन्द्र प्रजापति,मधेस मिडिया मिसन नेपाल नवलपरासीका काेषाध्यक्ष माेनु शर्मा लगाएतले कार्यक्रमकाे प्रशंसा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै स्राेताहरुकाे तर्फबाट प्रकाश चाैधरी,बिरगंजका स्राेता बलिराम प्रसाद दास लगायतले बाेल्नुभएकाे कार्यक्रममा स्वागत मन्तव्य रेडियाे परासीका कार्यक्रम संचालक जितेन्द्र जानमले गर्नुभएको थियो भने कार्यक्रमकाे सन्चालन रेडियो परासीकाे बिज्ञान प्रमुख सुरेश यादवले गर्नुभएको थियो ।


कार्यक्रम गित बहारका सार्वधिक विजेता,अधिक सहभागिता,सानै उमेरमा रेडियाे कार्यक्रममा सहभागिता जनाउने,गित बहार कार्यक्रमका प्रायाेजन गर्ने विभिन्न व्यवसायीहरुलाई प्रशंसा पत्र मार्फत सम्मान पनि गरिएकाे सन्चारकर्मी महेश यादवले बताउनुभयो ।

स्रोता क्लब गठन, अध्यक्षमा निल कुमार थारु

स्रोता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा ११ सदस्यीय नवलपरासी स्रोता क्लब गठन गरिएको हाे ।

जसको अध्यक्षमा निल कुमार थारु, वरिष्ठ उपाध्यक्ष राजु खान, उपाध्यक्ष सीता चौधरी, सचिव प्रकाश चौधरी, सहसचिव उषा हरिजन, कोषाध्यक्ष शेरबहादुर चौधरी, सदस्यहरु गुड्डु हरिजन, सिकेन्द्र प्रसाद चौधरी, कन्हैया यादव, पार्वती हरिजन र सुरेन्द्र सहानी चयन हुनु भएको हाे ।

सल्लाहकार समितिमा रेडियो परासीका कर्मचारी द्वय सुरेश यादव र गुड्डु बानिया मनोनित हुनुभएको महेश यादवले बताउनुभयो ।



TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित