ओखेडालाई पार्टीको अध्यक्ष भएको भन्नु हाँस्यात्मक : बझाङ अध्यक्ष कुँवर

दोरेन्द्र खड्का/ बझङ

नेपाल कम्युनिष्ट पार्टी नेकपा बझाङका जिल्ला अध्यक्ष मिन कुँवरले प्रदेशबाट कार्बाही गरेका अफिलाल ओखेडालाई बझाङ जिल्लाको पार्टी अध्यक्ष भन्नु हाँस्यात्मक भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचन्ड– माधव समुहले शनिबार बझाङमा गरेको पत्रकार सम्मेलन बोल्दै कुँवरले केपी समुहले आफ्नो अध्यक्षको जिम्मेवारी खोसेको भन्ने मिडियाबाट हल्ला गरेको प्रती आपत्ती जनाए ।

‘बझाङमा हाम्रो १ सय ३५ जनाको जिल्ला कमिटी सदस्य मध्ये केही पद नपाएका १२ – १५ जनाको समुह बाहिर गएको छ’ उनले भने ‘यिनलाई पनि तिन दिन सम्मका लागि स्पस्टीकरण मागेका छुँ । स्पष्टिकरण नदिए नियम अनुसार क्राबाही गरिने छ ।’ उनले ओली पक्षले बझाङमा पनि ९९९ जनाको जिल्ला कमिटी गठन गरेको कुरा सुन्दा आफू अच्चममा परेको बताए ।

पार्टीका जिल्ला सचिब दमन भन्डारीले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको मर्म विपरित काम गरेकाले हिटलर शैलीमा चलेको बताए । उनले संबिधानलाई समेत कुल्चेर काम गरेकाले आफूहरु सडकमा आन्दोलन गरिरहेको बताए ।

उनले पार्टीको नाममा रहेको १७ लाख रुपैयाँ हिनामिना गरेको भन्ने आरोप झुटो भएको बताए । ‘ओली पक्षका नेता तथा कार्यक्रताले १७ लाख हिनामिनाको आरोप लगाएका छन्’ उनले भने ‘हामीले आधिकारिक पार्टीको निर्देशनमा पैसा निकालेर जम्मा गरेको र केही रकम पार्टीको नयाँ भवन बनाउन खर्च भएको छ ।’

पत्रकार सम्मेलनमा नागरिक समाजका अगुवा धर्मजङ सिंहले केन्द्रमा भएको गुट फुटका कारण जिल्ला स्तरमा पनि तरङ्ग छाएको बताए । उनले भने ‘जिल्लामा पनि नेता कार्यकर्ताहरु विभाजित भएका छन् । काँका भतिजा घर परिवारमा पनि राजनीतिक कलह हुने गरेको छ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot