Rashtriya Dainik

नवलपरासीमा एक कार सहित १५ लाख ५० हजार मुल्य बराबरका अबैध मालसामान प्रहरीको नियन्त्रणमा

नवलपरासीमा एक कार सहित १५ लाख ५० हजार मुल्य बराबरका अबैध मालसामान प्रहरीको नियन्त्रणम

सहबान अन्सारी /संजय कुशवाहा , नवलपरासी

पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट एक कार सहित १५ लाख ५० हजार ३ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बर्दघाट नगरपालिका वडा न.४ टिसियन चोकस्थित बा ६ चा ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लैजाँदै गरेको हुक जकेट ,टाउजर ,सर्ट ,पाईट लगायत विभिन्न कपडा फेला परेपछि उक्त कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कपडाको करिब २ लाख ५७ हजार ४ सय मुल्यको र कारको मुल्य ११ लाख गरि जम्मा १३ लाख ५७ हजार ४ सय मुल्य बराबरको इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रण गरेको छ ।

यसैगरी सोही नगरपालिका वडा न.१० भुतहा चोक स्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख २४ हजार २ सय मुल्य बराबरको प्याज ,मसुरो ,घासको बिउ ,तोरीको बिउ लगायतको समान इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रण गरेको छ ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न. १ झरहि खोलाबाट करिब ६८ हजार ७ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको पितलको दियो ,कचौरा , सिलवरको जग ,कालो पलास्टिक लगायत समान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

उक्त सामान मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी सामान छाडी मोटरसाइकल लिई मानसिक भागेका थिए । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित