दिपेन्द्र खत्री सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा गठित खाल महिला उद्यम समुहका २८ जना सदस्य द्वारा पदेरा खोला देखी तल्लाखाल हुदै घडेलापोखरा सम्म बाटो र आसपासको क्षेत्र सरसफाई कार्यलाई सम्पन्न गर्नुभएको छ। भोकालाई एक छाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्म साथ गर्दै उक्त समुहमा केहि दिन अगाडी मात्र ४ दिने हेफर आधारशिला सम्पन्न सम्पन्न भएपछी समुहले सामुहिक कार्ययोजना मा प्रतेक महिनाको १० गते सर्मीला खत्रीको संयोजकत्वमा आफ्नो टोल क्षेत्र सरसफाई गर्ने प्रतिवद्धता बमोजिम सरसफाईमा जुटेको समुहकी अध्यक्ष सर्मीला खत्री ले जानकारी दिनुभयो। सरसफाईको साथै समुहका सबै सदस्यहरूको घरमा तालिम बाट लिएको उपलव्धीलाई कार्योन्वयन भएको र नभएको हेर्नको लागी सबै सदस्यका घरमा खोरको सरसफाई घर वरपरको सरसफाई लगाएतको कुरा हरूको अनुगमन गर्दै प्रत्येक सदस्यका घरमा पुगेर सरसफाईलाई बिषेश जोड दिएको समुहकी उपाअध्यक्ष सिता बन्जाडेले जानकारी गराउनु भयो। उहाँले केहि कुरा थप्दै भन्नु भयो समुहमा सबै दिदि बहिनी निकै ठुलो परिवर्तन पाएको र जसबाट दिदि बहिनीमा आपसी मेलमीलाप र छिमेकीको आत्मीयता समेत बढेको हुदा हामीले यो तालिम बाट पाएको उपलव्धी लाई आत्मसाथ गर्दै हाम्रो समुहलाई नमुना समुह बनाउने जानकारी दिनुभयो। सरसफाई पछी सुरू भएको कार्यक्रममा समुहकी अध्यक्ष सर्मीला खत्रीको अध्यक्षतामा रहेको कार्यक्रममा समुहका सदस्यहरूको उपस्थिती रहेको कार्यक्रमको संचालन समुह सहसचिव गोमा खत्रीको संचालनमा सम्पन्न भएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।