पर्साको दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयमा सखुवा प्रसौनी गाउँ पालिकाको सहयोगमा सृजनशिल शिक्षा विकास केन्द्र प्रा.ली. पर्साको आयोजनामा ३ दिने बाल कल्बका सदस्यहरुकोलागी बालमैत्री स्थानीय शासन समबन्धी तालिम आज बाट संचालन गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताएका छन् । ३ दिने तालिमको उदघाटन सखुवा प्रसौनी गाउँ पालिका अध्यक्ष प्रदीप कुमार जयसवालले गर्नु भएको थियो कार्यक्रममा बोल्दै अध्यक्ष जैसवालले बालबालिकाको बाल अधिकारका सवालहरु,स्थानीय शासन प्रक्रिया,सेवाको सुनिश्चितता लगाएतका सम्पुर्ण सेवा सुविधा पालिकाबाट प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष फुलमती देवी चौधरीले कार्यक्रम सफलताको शुभकामना र स्वागत मन्तव्य व्यक्त गरेका थिए । पचगावाँ मा वि का प्राधानाध्याप शिवनाथ प्रसाद थारु,गाउँ पालिका बाल कल्ब संन्जाल सखुवा प्रसौनी कार्वाहक अध्यक्ष अर्जुन साहलागएतले मन्तव्य ब्याक्त गरेको थियो कार्यक्रममा गाउँ पालिला समाजिक विकास शाखा प्रमुख बिनोद प्रसाद यादवले बाल अधिकार जस्ता बाल बचाउ,बाल विकास,बाल संरक्षण,बाल सहभागिता समाजमा अहिलेको आवश्यकता रहेको बताएको छन् । स्थानीय सञ्चारकर्मी,वडा अध्यक्ष नागरिक समाजका अगुवाहरुको लगाएतले मन्तव्य व्यक्त गरेका थियो । कार्यक्रममा वडा न १ देखि ६ समका बालकल्बका बालबालिकाहरुको सहभागिता रहेको थियो । प्रशिक्षक बिक्रमजीत साह,दामोदर यादवले दिईरहनु भएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।